खोटाङ। जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिइएको छ। नगरपालिकाले निजी क्षेत्रलाई २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएर फोहर व्यवस्थापनको जिम्मेवारी दिएको हो।
आफैँले व्यवस्थापन गर्दा महँगो पर्ने भएपछि निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दिएको नगरपालिकाका प्रमुख तिर्थराज भट्टाराईले बताए ।
उनले भने, ‘हामी निर्वाचित भएर आउनुभन्दा पहिले नगरपालिकाको वार्षिक ७२ लाख रुपैयाँभन्दा धेरै खर्च फोहर व्यवस्थापनमा हुने गरेको रहेछ । डम्पिङ साइडमा जाने बाटो बनाउँदा, कर्मचारी, ट्याक्टर खर्च, इन्धनआदि गर्दा त्यति खर्च भएको देखियो । त्यो अत्याधिक खर्च भएको महसुस गरे २५ लाख रुपैयाँ अनुदान दिएर निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दियौँ ।’
टेन्डर आह्वान गरेर फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई उपलब्ध गराएको उनले बताए।