पोखरा। जीविका बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपुर मार्गमा रहेको संस्थाले पोखराका १३ वटा वडाहरुलाई आफ्नो कार्य क्षेत्र बनाई सेवा दिदै आईरहेको छ । संस्थाका कार्यबाहक अध्यक्ष महाबिर थापाको अध्यक्षतामा भएको सभाले काबा अध्यक्ष थापाले प्रस्तत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै सभाले कोषाध्यक्ष बलराम पाण्डेले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को प्रस्ताबित आय, व्यय विवरण पारित गरेको छ । साथै सभाले लेखा समितिका संयोजक गौतम आचार्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
संस्थाको स्थापनाको समयमा २६ जनाबाट जीविका सहकारी शुरु भएको थियो । आर्थिक वर्ष २०८० असार मसान्तसम्म ६९५ जना सेयर सदस्यहरुमा २९१ जना पुरुष र ४०४ जना महिला रहेका जनाइएको छ ।संस्थाको सेयर पूँजी ३ करोड ६८ लाख २ हजार ९ सय रुपैयाँ रहेको छ । कुल बचत २ करोड ३७ लाख ८६५ रुपैयाँ, ऋण लगानी ४ करोड ३१ लख ३२ हजार २९५ रुपैयाँ रहेको छ । यस्तै बैंक मौज्दात ५९ लाख ६१ हजार ११ रुपैयाँ, नगद मौज्दात २ लाख ७६ हजार ८८० रुपैयाँ र लगानीमा रहेको रकम १ लाख २१ हजार रहेको छ ।