पोखरा। पोखरा महानगरपालिका वडा नं १२ स्थित सिंङ्गापूरे टोल विकास संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले मानवीय र सामाजिक कार्यका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका रहेको बताए।
त्यस अवसरमा संस्थाका सल्लाहकार बोधराज घिमिरे, सदस्य राजेन्द्र बस्ताकोटी, भृकुटी टोल विकास संंस्थाका अध्यक्ष खेम नारायण शर्माले बोलेका थिए। साधारण सभाले सहसचिव टिक बहादुर गुरुङको वार्षिक र कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको छ । सिंङ्गापूरे टोल विकास संस्थाका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धन बहादुर गुरुङले स्वागत र सहसचिव टिक बहादुर गुरुङले संचालन गरेका थिए।