काठमाडौं। ४६ औं इफाप्का सम्मेलनको औपचारिक समुद्घाटनको लागि राष्ट्रपति श्री रामचन्द्र पौडेल समक्ष निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्। इफाप्का अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष श्री रवि सिंहले राष्ट्रपति समक्ष निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।
नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलन यही २०८० मंसिर ५ देखि ९ गतेसम्म राजधानीमा हुने भएको छ।
सोही सम्मेलनमा प्रमुख आतिथ्यता ग्रहण गरी मंसिर ६ गते सम्मेलनको औपचारिक समुद्घाटन गरिदिन सिंहले शुक्रबार राष्ट्रपति समक्ष निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।
निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी औपचारिक रुपमा शुरु गरिएको छ। नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न उपसमितिहरुमार्फत सम्मेलनको अन्तिम तयारी गरिरहेको छ। इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन्। गत वर्ष ४५ औं सम्मेलन माल्दिभ्समा भएको थियो।