धनगढी। धनगढीमा बुधबारदेखि ‘हार्डवेयर एक्स्पो–२०८०’ सुरु भएको भएको छ। पाँच दिनसम्म सञ्चालन हुने एक्स्पो कैलाली हार्डवेयर व्यवसायी महासंघले सञ्चालन गरेको तेस्रो संस्करण हो । बुधबार एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक्स्पो उद्घाटन् गरेका हुन्।
कैलाली हार्डवेयर व्यवसायी संघद्वारा सञ्चालन गरिएको एक्स्पोमा हार्डवेयर सामग्री उत्पादक कम्पनी सहभागी भएका छन् । उनीहरुले आ–आफ्ना स्टल राखेका छन् ।
एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल छन्।
एक्स्पो अवलोकनकर्ताले निर्माण सामग्रीलगायत हार्डवेयरसँग सम्बन्धित सम्पूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । संरचना निर्माणको योजनामा रहेका व्यक्ति, सरोकारवाला र आमनागरिकलाई निर्माणसँग सम्बन्धित सबै प्रकारका सामग्री, गुणस्तर, मूल्य र निर्माण क्षेत्रमा विकसित प्रविधि तथा डिजाइनबारे जानकारी दिने आयोजनाले जनाएको छ।