रामेछाप। रामेछाप सदरमुकाम मन्थलीमा कन्स्ट्रक्सन मेनेजमेन्ट र लिडरसिप सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । रामेछाप जिल्ला निर्माण व्यवसायी संघले उक्त कार्यक्रमको आयोजना गरेको हो।
जिल्लामा सञ्चालन हुने विकासे योजना तथा निर्माणसम्बन्धी अन्य कामलाई व्यवस्थित, पारदर्शी र गुणस्तरयुक्त बनाउनेबारे तालिम केन्द्रित छ ।
रामेछाप निर्माण व्यवसायी संघका अध्यक्ष बलराम श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए। उक्त तालिममा संघमा आवद्ध ५० जना सहभागी छन् ।
निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको प्रायोजन र रामेछाप जिल्ला निर्माण व्यवसायी संघको व्यवस्थामा आयोजित तालिमको सहजीकरण केशवराज आचार्य र विकासदेव योञ्जनले गर्दै आएका छन् ।