काठमाडौं। बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ। स्थानीय रूपसिंह थापा, निलम अधिकारी लगायतको अगुवाइमा सालिक निर्माण गरिएको हो।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ बुटवल बेलहिया व्यापारिक मार्ग किनारको हरियाली क्षेत्रमा राष्ट्र निर्माता शाहको पूर्ण कदको सालिक निर्माण गरिएको हो।
गत पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा वडा नम्बर १० का अध्यक्ष बलु पुनले सालिकको शिलान्यास गरेका थिए।
सात फिट उचाइको उक्त सालिक ढलोटबाट निर्माण गरिएको छ। अहिले सालिक निर्माण भइरहेको र आगामी पृथ्वी जयन्तीको अवसरमा अनावरण गरिने बताइएको छ।