काठमाडौं। विद्युतिय खरिद प्रणालीमा बोलपत्रको म्याद थप गरिएको छ। सार्वजानिक खरिद अनुगमन कार्यालयबाट संचालनमा ल्याइएको विद्युतिय खरिद प्रणालीमा समस्या आई प्रणाली प्रयोगकर्ताको सहज पहँच हुन नसकेकोले बोलपत्रको म्याद थप गरिएको हो।
विद्युतिय खरिद प्रणाली संचालन निर्देशिका, २०८० को दफा ११ को उपदफा १ को खण्ड ग बमोजिम सार्वजानिक खरिद अनुगमन कार्यालयको प्रणाली व्यवस्थापक मार्फत आज १२ः०० बजे सम्म अनलाईन दाखिला गर्ने अन्तिम म्याद भएका सम्पुर्ण बोलपत्र, आशयपत्र र शिलाबन्दी दरभाउपत्रको अन्तिम म्याद साही दिनको १५ः०० बजे सम्म र सो दिनको खुलुवा सोही दिनको १६ः०० बजे सम्म कायम गरिएको छ।
