रुकुम पश्चिम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–७ को एक विद्यालयमा हार्डवेयर सञ्चालकले ताला लगाएका छन्। विद्यालयको भवन निर्माण गर्दाको भुक्तानी पाउनुपर्ने माग गर्दै सानीभेरी हार्डवेरका सञ्चालकले विद्यालयमा ताला लगाएका हुन्।
२०७५ सालमा विद्यालय भवन निर्माण गर्दा निर्माण समितिले लगेको सरिया, सिमेन्ट, रङ लगायतका निर्माण सामग्रीको रकम विद्यालयले अहिलेसम्म पनि भुक्तानी नगरेको हार्डवेयर सञ्चालकको भनाइ छ। सामानको भुक्तानी नै नपाएपछि दबाब पुगोस् भनेर ताला लगाउन बाध्य भएको हार्डवेयर सञ्चालकले बताए।
विद्यालयको भवन निर्माणमा केही रकम पहिले दिएपनि अहिलेसम्म ब्याजसहित १४ लाख ९० हजार रुपैयाँ पुगेको बताइएको छ।
सानीभेरी हार्डवेयरबाट ९ लाख ९७ हजारको निर्माण सामाग्री खरिद गरेको र ४ लाख रुपैयाँ तिरेको भएपनि हाल ब्याज जोडेर रकम बढाएको विद्यालयले जनाएको छ।
विद्यालयमा ताला लागेपछि पठनपाठन प्रभावित भएको छ।विद्यालयमा ताला लागेपपछि आफूहरु गेटबाहिरै रहेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताए । कक्षा ५ सम्म सञ्चालन भइरहेको विद्यालयमा ५० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।