सर्लाही। सर्लाहीको कौडेना गाउँपालिकामा नगर सामुदायिक अस्पताल सञ्चालन भएको छ। गाउँपालिकाले आफ्नै लगानीमा सुविधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो।
र गाउँपालिकाले गत आर्थिक वर्षदेखि १५ शय्याको सामुदायिक अस्पताल सञ्चालनमा ल्याएको हो । सरकारले नगर अस्पतालको लागि बजेट नदिएपछि पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालनमा ल्याएको छ।
अस्पताल सञ्चालन भएसँगै स्थानीय बासिन्दाको उपचारको लागि सहज भएको छ ।
अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारको लागि छिमेकी पालिकामा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय बताउँछन्। गर्भवती महिलाको लागि अस्पताल आउन र जानको लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।