काठमाडौं। आइतबार मध्यरातमा देशका विभिन्न भागमा चट्याङसहित वर्षा भएको छ। सोमबार भने देशभर पश्चिमी वायूको प्रभाव रहेन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भूभागका केही र तराईका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख भए अनुसार राति देशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।