काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ। एफपीओ निष्कासनका लागि लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।
बोर्डले लघुवित्तलाई १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासनको अनुमति दिएको हो। लघुवित्तले एफपीओ निष्कासनका लागि २०७८ चैत २५ गते निवेदन दिएको थियो।
एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा निष्कासन गर्ने कम्पनीले जनाएको छ। यस लघुवित्तको सेयर दोस्रो बजारमा अन्तिम पटक प्रतिकित्ता ७४५ रुपैयाँमा कारोबार भएको थियो।
हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ९० लाख छ। लघुवित्तको एफपीओ निष्कासन तथा तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल मार्केट छ।