काठमाडौं। मंगलबार बसेको एभरेष्ट बैंकको २९ औं साधारण सभाले गत आर्थिक वर्षका लागि लाभांश अनुमोदन गरेको छ।
सभाले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद पारित गरेको हो। १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँले बढ्नेछ।
लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै बैंकको साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।
सभाले बाँकी नियमित एजेण्डमा छलफल गरेको हो। साथै साधारण सभाले कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।