पोखरा। पोखराको फेवातालमा डुंगा चलाउने चालकहरूको मादक पदार्थ सेवन मापसे जाँच गरिएको छ। लेकसाइडस्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ।
डुंगा दुर्घटना हुने घटनालाई मध्यनजरमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो।यस्तै डुङ्गामा सवार सर्वसाधरणहरूले लाईफ ज्याकेटको प्रयोग गरे÷ नगरेको सम्बन्धमा अनुगमन गरी सचेतना मूलक कार्यक्रम गरिएको कास्की प्रहरीले जनाएको छ ।