सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मा रहेको बहिरा तथा सुस्तश्रवण श्रोत कक्षाका लागि भवन निर्माण गरिएको छ।
एनोदर वृक इन नेपाल क्यानडाले कक्षा सञ्चालनका लागि आवासीय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।
महेन्द्र माध्यमिक विद्यायलयका प्रधानाध्यापक मेदिनी घिमिरेका अनुसार
एक करोड एक लाख २१ हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो।
भवन निर्माणका लागि ९३ लाख ६६ हजार र आवास व्यवस्थापनका लागि आवश्यक सामग्री, लुगा धुने मेसिन, फ्रिज, फर्निचर लगायतका सामग्री खरिदमा ७ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराएको प्रधानाध्यापक घिमिरेले बताए।
महेन्द्र माध्यमिक विद्यालयले सञ्चालन गरेको बहिरा तथा सुस्तश्रवण श्रोत कक्षामा १६ जना विद्यार्थी अध्ययनरत छन्।