पोखरा। पोखरामा प्याराग्लाइडिङ पाईलटहरुको मादक पर्दाथ सेवन मा.प.से चेक जाचँ गरिएको छ। बिहिवार पोखराको पामेमा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा वडा प्रहरी कार्यालय बैदामको आयोजनामा उक्त चेक जाचँ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।
प्याराग्लाइडिङ संचालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागी चेक जाचँ गरिएको प्रहरीको भनाई रहेको छ। उक्त चेक जाँचको क्रममा कसैले पनि मापसे गरेको नभेटिएको साथै सोहि अवसरमा सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।