विराटनगर। भाटभटेनी सुपरमार्केटले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहायताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने भएको छ।
प्रबन्ध निर्देशक एवम् सञ्चालक मीनबहादुर गुरुङले उक्त रकम प्रदान गर्ने जानकारी दिए। गुरुङले भाटभटेनीका तर्फबाट भूकम्पपीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको बताए।
भाटभटेनीले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षसहित दुईवटा भवन पनि बनाइदिएको थियो।