काठमाडौं। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।
काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहज होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको कम्पनीले जनाएको छ।
जाजरकोट जाने बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट शुक्रबार बिहान र दिउँसो छुट्ने बताइएको छ।
कम्पनीले जाजरकोट र रुकुम पश्चिम जान चाहने यात्रुले विभन्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। काठमाडौंमा ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०,मुग्लिनमा ९८४५४७२३८४, दमौलीमा ९८५६०८९१८० र ९८५६०३६६६४ तथा पोखरा ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ।