बैतडी। जिल्लाको शिवनाथ गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकले राहतस्वरुप १ लाख २५ हजार रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो।
राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटलाई ७५ हजार र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमलाई ५० हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ।
विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गरिएको बताइएको छ।