काठमाडौं। गोर्खा ब्रुअरी प्रालिले भूकम्प प्रभावितको पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री दाहालले चुनौतीपूर्ण समयमा स्वस्स्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिएका छन्।
डीएमडी सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि मिलेको बताए। उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको बताए। कोरोना महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटमध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे।