काठमाडौं। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उनिहरुविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।
उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी लिई हिजो विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।