मनाङ। जिल्लाको नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा देवीजङ्ग गुरुङले जग्गा दान गरेका छन्। ‘एउटा स्थानीय तह, एउटा अस्पताल’ अन्तर्गत अस्पताल निर्माणका लागि गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा डाक्टर गुरुङले ५ रोपनी जग्गा दान गरेका हुन् ।
मनाङमा जन्मिएर अमेरिकामा बस्दै आएका डा.गुरुङले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार करिब ७५ लाख छ।
गाउँपालिकाले पाँच श्ययाको अस्पताल निर्माण गर्ने योजना बनाएको छ । तर जग्गा अभावका कारण हालसम्म अस्पताल निर्माण गर्न सकिएको थिएन ।
हिमालयन फ्यामली हेल्थ केयरका संस्थापक तथा कार्यकारी निर्देशक समेत रहेका डा.गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मिल्ने खालको काम पालिकाले गर्न लागेपछि जग्गा उपलब्ध गराएको बताए ।