काठमाडौं। सरकारले जाजरकोट भूकम्पपीडितलाई तत्काल अस्थायी आवास निर्माणका लागि आइतबार कार्यविधि बनाउँदैछ।
कात्तिक १७ गते शुक्रबार रातिको भूकम्पले प्रभावित भएका जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लाका प्रभावितलाई तत्काल अस्थायी आवास बनाउनका लागि आज कार्यविधि पारित गर्न लागिएको हो।
यसका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अध्यक्ष रहको राष्ट्रिय विपद व्यवस्थापन कार्यकारी समितिको बैठक दिउँसो १२ बजे बस्दैछ। २०७२ पछिका भूकम्पबाट घर गुमाएकालाई स्थायी र अस्थायी आवासका लागि अनुदान दिन छुट्टै व्यवस्था नरहेकाले सरकारले भूकम्पपीडित अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पारित गर्न लागेको हो।