सिन्धुपाल्चोकको सुनकोसी गाउँपालीका ठोकर्पामा भिडियो एक्सरे, दाँत, फार्मेसी, ओपीडी लगाएतका विभिन्न सेवा सहित १५ शैँय्याको अस्पताल निर्माण भइरहेको छ। उक्त अस्पतालमा तीनजना डाक्टरसहित अन्य स्वास्थ्यकर्मी रहनेछन्।
अस्पतालमा मुटु, मिर्गौला, स्त्री, छाला रोगलगाएतका सबै सेवाहरु उपलब्ध हुने छन् भने अस्पताल संचालनको तयारी अन्तीम चरणमा पुगेको वडा नं.१ का वडा अध्यक्षले जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालको संचालन पछि स्थानीयसँगै सुनकासी, लिसंखुपार, काभ्रेपलन्चोक लगाएतका अन्य स्थानका ५० हजार भन्दा बढी जनताले पनि सेवा पाउने छन्।
गाउँमै सुविधा सम्पन्न अस्पताल बनेपछि उपचारको लागी दुख कष्ट खेप्दै टाढाको अस्पताल धाउनु नपर्ने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्। सोही ठाउँमा बसोवास गर्ने जेष्ठ नागरिकहरुले पनि खुसी हुँँदै भन्नुभयो अब धुलीखेल र राजधानीका अस्पतालमा पुगेर उपचार सेवा लिनुपर्ने समस्या घट्नेछ।
वडा अध्यक्षका अनुसार स्वास्थ्य मन्त्रालय र दातृ निकाय एसएनएस स्विडेनको आर्थीक सहयोगमा अस्पताल निर्माण भएको हो।