काठमाडौं। बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले कर्मचारीको माग गरेको छ। लमजुङ र कास्कीमा सञ्चालित जलविद्युत आयोजनाका लागि कम्पनीले कर्मचारी माग गरेको हो।
कम्पनीले कास्कीमा सञ्चालित ८.८ मेगावाटको रुदी खोला–ए र लमजुङमा सञ्चालित ६.६ मेगावाटको रुदी खोला–बी मा खटाउने गरी कर्मचारी माग गरिएको जनाएको छ । कम्पनीका अनुसार आयोजनामा खटाउने तीन जना शिफ्ट इन्चार्ज माग गरिएको छ ।
सिफ्ट इन्चार्जका लागि इलेक्ट्रिकल इन्जिनियरीङमा डिप्लोमा गरेको र कम्तिमा एक वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो बुझाउनुपर्ने कम्पनीले जनाएको छ।
आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । आवेदन दिन चाहनेले कम्पनीको कार्यालय, नयाँ बानेश्वर वा इमेल ([email protected]) मार्फत आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ।