खोटाङ। केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिाला बजारमा आइतबार मध्य राति आगलागी भएको छ । आगलागीमा पृथ्वी माविनजिक रहेको मन्सा राईको घर जलेर नष्ट भएको छ ।
विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको बाक्सिलास्थित इलाका प्रहरी चौकीका प्रहरीले बताए । आगलागीका बेला भागदौडमा १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् ।