काठमाडौं। एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको औपचारीक उद्घाटन भएको छ। हायत होटलमा आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले समारोहको उद्घाटन गरेका हुन ।
सहभागी देशको झन्डासहितको झाकीबाट सुरु भएको समारोहमा कुमारी नाचबाट समेत अतिथिहरुको स्वागत गरिएको छ। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका इफाप्का सम्मेलनका अध्यक्ष रवि सिंहले स्वागत मन्तव्य मार्फत अतिथिको स्वागत गरेका छन।
उनले स्वागत मन्तव्य राख्दै नेपाल पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि ठूलाे सम्भावना बोकेको मुलुक भएको समेत बताए। सिंहले विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्त्वपूर्ण रहेको बताए।
उद्घाटन कार्यक्रमममा रास्ट्रपति पौडेलसहित भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङ अतिथिको रुपमा सहभागी थिए भने १८ वटा मुलुकका निर्माण व्यवसायीहरु पनि सहभागि रहेका छन्।