काठमाडौं। पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले जाजरकोट भूकम्पपीडितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद तथा जिन्सी सामग्री सहयोग गरेका छन्।
पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् पदाधिकारीले हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ३० लाख बराबरको नगद तथा जिन्सी सामग्री सहयोग गरेका हुन्।
भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा नगद रु १९ लाख र दुई सय ४० थान ब्ल्याङ्केट र स्टेचर सहयोग गरिएको छ।