काठमाडौं। नेपाल अन्तराष्ट्रिय व्यापार मेला हिजोबाट सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा उक्त मेला हिजाबाट सुरु भएको हो।
उक्त व्यापार मेलाको समुद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन्। उनले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडी बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् ।
अन्तराष्ट्रिय व्यापार मेलाको यो नवौ स्करण हो । मेला नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना भएको हो। मेलाको सह आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् । निजी क्षेत्रले करिव तीन देशकदेखि स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाई भइरहेको छ ।
मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा नेपाल सहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिव २१० स्टलहरुमा मार्फत विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ ।