काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर पुनर्निर्माण गरिने भएको छ। गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको मटेला गाउँमा तत्कालीन अवस्थामा नेकपा माओवादीले जलाइदिएको देउवाको घर पुनर्निर्माण गरिने देउवाका कान्छा भाइ बलबहादुर देउवाले जानकारी दिएका हुन्।
‘घरमा तत्कालीन माओवादीले आगो लगाई नष्ट पारिदिएपछि छिन्नभिन्न हुनु प¥यो,” उनले भने, “यहाँबाट विस्थापित भएर अन्यत्र गयौँ । कुल देवताको पूजाआजा गर्नका लागि बास बस्न दाजुभाइ मिलेर घर बनाउँछौँ ।” सभापति देउवाका छ जना दाजुभाइ छन् । पुख्र्यौली घरलाई पुरानै शैलीमा निर्माण गरिने देउवाले बताए । आवश्यक नाप नक्साको समेत काम भइसकेको छ । उनले ढुङ्गा, माटो र काठको प्रयोग गरी पुरानै शैलीको घर निर्माण गरिने बताए । स्रोत: गोरखापत्र