पोखरा। पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु हुने ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्ता भएकाहरुलाई प्रवेश निःशुल्क हुने भएको छ ।
मेला प्रवेशको लागि सर्वसाधारणको लागि एक सय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिए पनि जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुको सम्मानका निम्ति निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघले जनाएको छ।
प्रवेश टिकटमा राखिएको शुल्कबाट संकलित रकम पनि महिला उद्यमीलता र व्यावसायिक तालिमहरुमा नै खर्चने हो,त्यसो त प्रवेश टिकटमै जाजरकोट भूकम्पपीडितका लागि १० रुपैयाँ छुट्याएको बताइएको छ।