काठमाडौं। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। होटलको आगामी २७ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले लाभांश पाउनेछन्।
कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ। कम्पनीले सेयरधनीलाई पोहोर ८.४२ प्रतिशत नगद लाभांश दिएको थियो।