एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको छ। पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा दुईजना पाइलटको मृत्यु भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।
एसपी रोहिणीले दिएको जानकारी अनुसार यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो। विमानभित्र दुई जना सवार थिए, तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।