काठमाडौं। संचालनमा आएको पहिलो वर्षनै अन्नपूर्ण केबलकारले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले पोखराको सराङकोटमा २.३ किलोमिटरको केबलकार संचालन गरिरहेको छ।
कम्पनीले १ अर्ब रुपैयँभन्दा बढीको कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ पाएको छ। सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको कम्पनीलाई केयर रेटिङ्सले एनपी बी प्लस इसुअर रेटिङ समेत दिएको छ।