जानकी। मन्त्रिपरिषद्को निर्णयअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना सुरु गरिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रका ६५१, ११, ९३१० नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको हो।
सीमा क्षेत्रमा ढलेका र हराएका स्तम्भको काम हाल नहुने र उक्त कार्य गर्नका लागि दुवै देशका संयुक्त सीमा प्राविधिक टोलीद्वारा सीमास्तम्भको स्थितिको पहिचान गरिसकेपछि मात्र गरिने बताइएको छ।