काठमाडौं। आज बिहान देशभर पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार तराईका थोरै स्थानहरूमा हुस्से कुहिरो लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।