लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ६० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये मंगलबार सम्म दुई सय ११ वटा स्टल बुकिङ भएका हुन ।
पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि ६ गतेबाट ११ गते सम्म स्टल बुकिङ खुल्ला गरिएको थियो भने मंगलबारबाट अन्य व्यवसायीहरुका लागी समेत स्टल बुकिङ खुल्ला गरिएको संघले जनाएको छ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईएको छ भने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनको लागी राष्ट्रिय उत्पादन प्रर्दशनी अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने स्टल व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ।