काठमाडौं। बोलकबोल मार्फत् सिदार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ। कम्पनीले आजबाट ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको हो।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा जो कोही व्यक्ती, कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन।
बोलपत्र फारम १०० रुपैयाँ भुक्तानी गरि बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल मार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। बोलपत्र आजबाट मंसिर २८ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलबाटै दिन सकिनेछ।