एजेन्सी। दक्षिण कोरियाको राजधानी सियोल महानगरमा चालकबिनाको स्वचालित रात्रिबस सञ्चालनमा ल्याइएको छ । विश्वकै व्यस्त मानिने महानगरमा मध्यरातसम्म काम गरेर आफ्ना बासस्थान फर्कन चाहने मानिसका लागि रात्रिबस सञ्चालनमा ल्याइएको हो।
स्वचालित बसले सियोलको व्यस्त जीवनमा राहत दिनसक्ने महानगरले जनाएको छ ।
गन्तव्यसम्म पुग्न रात्रिबसले सेवा दिन थालेपछि स्थानीय खुशी भएको समेत अधिकारीहरूले बताएका छन् ।
ए २१ नम्बरका दुई रात्रिकालीन बसहरूले सियोलको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्येका होङ्देइ र डोङ्देमुन जिल्लासँग जोड्ने २० स्टपहरूबाट रात्रि सेवा सुरु गरेको हो ।