काठमाडौं। सोमबार बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ मौसम पूर्वानुमान महाशाखाले जानएको छ। हाल पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार बिहान तराईका केही स्थानहरूमा हुस्सु कुहिरो लागेको छ।
आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राती पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।