दाङ। घोराही उपमहानगरपालिका–१० नारायणपुर बजारमा सडक मिचेर बनाइएका सातवटा घरटहरा भत्काइएको छ । घोराही उपमहानगरपालिकाले सोमबार डोजर लगाएर उक्त घरटहरा हटाएको हो ।
उपमहानगरपालिकाको न्यायिक समितिले सडक मिचेर बनाएका ती संरचना हटाउनुपर्ने निर्णय गरेपछि टहर बनाएकाहरुले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए। उच्च अदालतले सडक मिचेर बनाएका संरचनाहरू हटाउनुपर्ने न्यायिक समितिको निर्णयलाई सदर गरेपछि उपमहानगरपालिकाले घरटहरा हटाएको हो।
टहर बनाएर बसेकालाई पटकपटक सार्वजनिक सूचनामार्फत हटन आग्रह गरेको र अटेर गरेपछि फैसला कार्यान्वयन गरिएको बताइएको छ।