काठमाडौं। भारतको अडानी समूहले तीन खर्ब बढी लागतमा ‘नवीकरणीय पार्क’ निर्माण गरिरहेको छ। गुजरातको ‘कज’ मरुभूमिमा अडानी समूहले ३ खर्ब १५ अर्ब ३ करोड रुपैयाँ लागतमा विश्वकै ठूलो पार्क निर्माण गरिरहेको हो ।
७२६ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिने उक्त नवीकरणीय पार्कबाट ३० गिगावाट विद्युत् उत्पादन हुने छ। पार्क ६ महिना अघिबाट निर्माण सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
‘‘कज’ मरुभूमिको रनमा निर्माण भइरहेको उक्त पार्क अन्तरिक्षबाट पनि देखिनेछ। यस पार्कबाट २ करोड घरलाई पुग्ने बिजुली उत्पादन हुनेछ। विश्वको सबैभन्दा ठूलो हरित ऊर्जा पार्क निर्माण गरी भारतको नवीकरणीय ऊर्जा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको अडानीले जनाएको छ।
अहिले सो परियोजनाको सोलार प्लानल जडान गर्ने, वाइन्ड टर्वाइन बनाउने काम भइरहेको छ ।