पोखरा। पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा करिव ६० लाख बराबरको क्षति भएको छ । पोखरा –८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा बुधबार बिहान विद्युत सर्ट भएर आगलागी भएको कास्की प्रहरीले जनाएको छ ।
कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको नैना दोहोरी साँझमा विद्युत सर्ट भएर आगलागी हुँदा विभिन्न बैङ्कहरुको १३ लाख बराबरको चेक, ५० हजार नगद र अन्य जिन्सी सामानहरु जलेको वडा प्रहरी प्रहरी कार्यालय बैदामले जनाएको छ ।