काठमाडौं। लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित भएकी छिन् । शनिवार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट भुसाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । भुसाल एमालेनिकट हुन्।
भुसाल १३४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी गणेशप्रसाद शर्मा र प्रयास खड्काले बराबर ८६–८६ मत प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी एमालेनिकट रमेश बेल्बासे विजयी भएका छन । उनका प्रतिस्पर्धी टीकाबहादुर श्रेष्ठ (सन्तोष)ले ९१ र डण्डपानी पाण्डेले ९५ मत मात्र प्राप्त गरेका छन् । द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी भुसाल प्यानलकै विष्णु सुब्बा विजयी भएका छन् ।