सिराह। जिल्लाको खडक नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल तिरिदिने भएको छ। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग गरेको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको हो।
किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत उक्त निर्णय गरेको नगरप्रमुख चौधरीले बताए।
विद्युत महशुल नगरपालिकाले तिरिदिने भएपछि यहाँका स्थानीय खुसी भएका छन्। कृषि कार्य गर्न सहज हुने उनीहरुको भनाइ छ।
खडक नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमुना भएको भन्दै स्थानीयले नगरपालिकाको उक्त निर्णयको तारिफ समेत गरेका छन्।
खडक नगरकार्यपालिकाको गत मङ्सिर २६ गतेको बैठकले नगरपालिकाभित्रका सम्पूर्ण सडक बत्ती तथा कृषि सिँचाइ मिटरको बिल आगामी माघदेखि नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको थियो ।