काठमाडौं। काठमाडौं महानगरपालिकामा दुई महिने सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु भएको छ। राष्ट्रिय सभा गृहमा आइतबारदेखि तालिम सुरु भएको हो।
चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सिपमूलक तालिम दिने, तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो ।
तालिमबाट व्यक्तिमा भएको सिप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुनेछ । २ महिने तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये सूचकका आधारमा छानिएका ४० जनालाई २ सिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको बताइएको छ।