काठमाडौं। आज अमेरिकी डलरको मूल्यसँगै युरोपियन युरोको भाउ बढेको छ। बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ।
हिजो १३३.११ रुपैयाँमा स्थिर रहेको अमेरिकी डलरको बिक्री दर आज १३३.२० रुपैयाँ पुगेको छ। आज १ अमेरिकी डलरको खरिद दर भने १३२.६० रुपैयाँ तय भएको छ।
यस्तै, आज १ युरोको बिक्री दर १४५.३४ रुपैयाँ र खरिद दर १४४.६९ रुपैयाँ रहेको छ। हिजो १ युरोको बिक्री दर १४५.०३ रुपैयाँ थियो।
आज १ पाउण्डको बिक्री दर १६८.५२ रुपैयाँ र खरिद दर १६७.७७ रुपैयाँ छ। हिजो १ पाउण्डको बिक्री दर १६८.७३ रुपैयाँ र खरिद दर १६८ रुपैयाँ थियो।
यस्तै, सिंगापुर डलरको मूल्य पनि आज बढेको छ। हिजो ९९.९२ रुपैयाँ बिक्री दर तय भएको सिंगापुर डलरको आज १००.०३ रुपैयाँ छ।