काठमाडौं। एनएमबि बैंक, लुम्बिनी विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेका छन्।
लुम्बिनी विकास बैंकले पुस २६ गते सभा डाकेको छ। सभाले ४.५० प्रतिशत बोनस सेयर पारित गर्ने छ। त्यसपछि पुँजी ३ अर्ब ५१ करोड रुपैयाँ नाघ्ने छ। सभाले मर्जर तथा प्राप्तिको एजेण्डालाई त्यागेको छ।
साना किसानले १५ प्रतिशत लाभांश पारित गर्दैछ। संस्थाले पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। यसमध्ये १४.२५ प्रतिशत बोनस सेयर हो।
सभाले संस्थापक सेयरधनीबाट चार जना र साधारण सेयरधनीबाट २ जना सञ्चालकको चयन गर्ने छ।
यसैगरी एनएमबि बैंकले पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ। यसपाली सञ्चालक चयन र नियमित एजेण्डाहरु छन्। लाभांश एजेण्डा छैन।