काठमाडौं। सुपर मादी हाइड्रोपारले ४ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट सो लाभांश दिने भएको हो।
उक्त लाभांश मध्ये दुई प्रतिशतले हुन आउने ४ करोड २० लाख (कर बाहेक) र कर प्रयोजनका लागि २२ लख १० हजार ५२६ गरि कूल ४ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको नगद लाभांश दिने कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश कम्पनीले आगामी १३औं वार्षिक साधारण सभाबाट पास भएपश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गर्नेछ। कम्पनीले पुस २८ गते होटल इम्पेरियलमा सभा आह्वान गरेको छ।