पोखरा। गएराती मध्यरातमा पोखरा १० स्थित बीरेन्द्रचोकमा राजा बीरेन्द्रबीर बिक्रम शाहदेबको शालिक भएको छ । राजावादीहरुको सहयोगमा स्थानीय जनताको सक्रियतासंगै गएराती १ बजेर ४५ मिनेटको शुभ–मुहुर्त पारेर राजा बीरेन्द्र बीर बिक्रम शाहदेबको शालिक पुनर्स्थापित गरिएको हो ।
उक्त पुनर्स्थापित शालिक आठ फीट अग्लो रहेको बताइएको छ। २०६२÷०६३ को दोश्रो जनआन्दोलन सकिए पछि तत्क्जालिन अवस्थामा माओवादी कार्यकर्ताहरुले उक्त स्थानमा रहेको राजा बीरेन्द्र बीर बिक्रम शाह देवको शालिकलाई तोडफोड गरेर फालेका थिए। शालिक तोडफोड गरेर फालिए पनि उक्त चोक बीरेन्द्र चोकका रुपमा प्रचलित रहेको छ।